जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट ।  महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका एक  युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका वडा नम्बर ७ उचिडिहटोल बस्ने वर्ष ५० का नागेश्वर कुश्वाहा रहेका छन् ।

आफ्नै गाउँकि छिमेकी एकजना बिवाहित महिलालाई  तिनदिन अघि कुश्वाहाले केही घरायसी प्रयोगको सामान खरिद गराईदिने भनी आफ्नो मोटरसाइकलमा राखेर गरुडा बजार लगेका थिए। बजार भन्दा केहिदूरीमा  गरुडा वडा नम्बर ५ झांझ नदि किनार खरौरीमा लगेर आरोपी नागेश्वर कुश्वाहाले जबर्जस्ती करणी गरेको पीडित महिलाले मौखिक उजुरी लिएर आएपछि थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रहरी निरीक्षक  राजन लम्सालले जानकारी दिएका छन ।

पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण समेत भैसकेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।