विद्यालय र स्वास्थ्य क्षेत्रको सशक्तीकरणका लागि विश्व बैंकको थप १० करोड डलर ऋण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं ।  विश्व बैंकले नेपालको सरकारी विद्यालय क्षेत्र विकास कार्यक्रम र सार्वजनिक स्वास्थ्य क्षेत्रको कार्यदक्षता वृद्धिका लागि १० करोड अमेरिकी डलर (करिब साढे ११ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ।

कोभिड–१९ महामारीपछि समस्यामा परेको शैक्षिक र स्वास्थ्य क्षेत्रलाई उकास्न भन्दै विश्व बैंकले ऋण उपलब्ध गराएको हो।

नेपाल, माल्दिभ्स र श्रीलंकाका विश्व बैंक निर्देशक फरिस हदाद जेरभर्सले उक्त ऋण स्वीकृत गरेका हुन्।

बैंकले स्वीकृत गरेको उक्त ऋण नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।