प्रहरीका एआइजीको सरुवा, ७ महिनामै मेट्रोबाट हटाइए पाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपाल प्रहरीका हालै बढुवा भएका एक एआइजीलाई पदस्थापन गर्दै चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गरेको छ ।
 

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले डिआइजी सहकुलबहादुर थापालाई एआईजीमा बढुवा गर्दै मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरेको थियो ।

विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान, हरि पाल कार्य विभाग, निरजबहादुर शाही अपराध अनुसन्धान विभाग र सहकुल थापालाई मानव स्रोत तथा प्रशासन विभागमा सरुवा गरिएको छ।

सहकुल थापा बिहीबार एआईजीमा बढुवा गरिएका थिए। पाल सात महिनामै महानगरीय प्रहरी कार्यालय प्रमुखबाट सरुवा भएका हुन्।

उपत्यका हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका एआइजी हरि पालको प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ । उनी रानीपोखरीमा २५ मङ्सिर २०७७ मा सरुवा भएर आएका थिए ।


पालको स्थानमा एआइजी प्रद्युम्न कुमार कार्कीलाई पठाइएको छ । कार्यालय प्रमुखलाई एक वर्ष पुरा नभई सरुवा नगर्ने व्यवस्था भएपनि पालको सरुवा गरिएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।