नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप नेपाल आइपुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनबाट कोरोनाविरुद्ध खोपका ८ लाख डोज नेपाल ल्याइएको छ।  

नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । 

सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेपमा ८ लाख डोज शुक्रबार ल्याइएको हो। 

साउन ८ गतेसम्म अरू दुई उडानमार्फत भेरोसेल खोप ल्याइनेछ। यो खोप लगाउँदा ६० वर्षमुनिका नागरिकलाई प्राथमिकता दिइने सरकारले जनाएको छ।  

विभिन्न स्थानबाट गरेर नेपालमा अहिलेसम्म कोरोनाविरुद्ध खोपका ४२ लाख ४८ हजार डोज ल्याइसकिएको छ भने ८ लाख ५१ हजार ३ सय नागरिकलाई पहिलो मात्रा लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१८ वर्षमाथिका २ करोड २० लाख नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने सरकारको लक्ष्य छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।