एमाले कार्यदलको बैठक आज पनि बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ।

बैठक बिहान साढे ११ बजे बस्ने भएको हो । दुई खेमामा विभाजित नेकपा (एमाले) एकता प्रयासका लागि केही दिन यता निरन्तर बैठक बसिरहेको छ । हिजोको बैठक कुनै ठोस निर्णय विना नै सकिएको थियो । १० दिनयता निरन्तर छलफल भइरहे पनि एमाले विवाद समाधानका लागि खासै प्रगति भने भएको छैन ।

बिहिबार पहिलो पटक बसेको बैठक पछि दुवै पक्षका नेताले बैठक सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । तर साँझ बसेको बैठकपछि भने एमाले उपमहासचिव एवम् कार्यदलका सदस्य घनश्याम भुसालले बैठकमा कुनै प्रगति नभएको बताएको छ । भूसालले १० दिनदेखि पार्टी विवाद मिलाउने विषयमा कुनै प्रगति नभएको समेत प्रतिकृया दिएको थियो ।

बिहिबार साँझको बैठकमा एमाले उपमहासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल सहभागि नभएपछि आज बिहान साढे ११ बजे बस्ने गरि बैठक सकिएको भूसालको भनाई थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।