चर्को भाडा लिई यात्रु ठगी गर्ने बिरुद्ध ट्राफिक प्रहरीले बढायो सक्रियता,१० जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको  विशेष अपरेसन टोलीले नयाँ बसपार्क र कंलकीबाट बुधवार यात्रु ठगी गर्ने १० जनालाई पक्राउ गरेको छ ।

माछापोखरी र नयाँ बसपार्कबाट स्याङ्जाका ३३ वर्षीय लेखबहादुर गुरूङ, स्याङजाकै १८ वर्षीय सौगात सुनार, कास्की पोखराका २३ वर्षीय सन्तोष सुनार, सिन्धुपाल्चोकका २३ वर्षीय विज्ञान माझी र धादिङका २९ वर्षीय निराजन सापकोटा पक्राउ परेका हुन ।

त्यस्तै, कंलकीबाट धादिङका ३३ वर्षीय पूर्णबहादुर गन्द्रमा मगर, प्यूठानका २६ वर्षीय पदम गिरी, धनुषाका २६ वर्षीय रवि आले मगर, सल्यानका २६ वर्षीय खुमराज विक र नवलपरासीका ३२ वर्षीय दिपक काफ्ले पक्राउ परेका छन् ।

अत्यावश्यक परी उपत्यका बाहिरका जिल्लामा जान चाहने यात्रुसँग चर्को भाडा असुल्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

‘यात्रु ठग्ने आदत छ ? छ भने होसियार ! सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले तपाईंलाई कुनै पनि बेला फन्दामा पार्न सक्छ,’ उनले भने, ‘गोप्य निगरानी र अनुगमन गर्दै कारबाही अभियानलाई तीब्रता दिँदै आएका छौं, यात्रु ठग्ने जोसुकैलाई नियन्त्रणमा लिन्छौं ।’

 तोकिएकोभन्दा बढी भाडा लिएमा नजिकको प्रहरी वा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।