विराटनगर । सुनसरीको वराहक्षेत्र नगरपालिकामा १ सय ५० किलो गाँजासहित दुई कारोबारी पक्राउ परेका छन्। बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी( ७ का २५ वर्षीय अमिर लिम्बु रहेका छन् । मंगलबार बिहान चतराबाट आइरहेको को २ च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा भेनबाट १५० किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
प्रहरीले गाँजासहित सिटा लुकाएर राखेको अवस्थामा १ थान नक्कली रिवलभर पेस्तोल पनि फेला परेको जनाएको छ । प्रहरीलाई देख्नासाथ तत्काल फरार रहेका २ जनाको खोजी कार्य भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Comment