महानगरपालिकाको कानुन–नीति उल्लंघन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न : मेयर शाक्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले बनाएको नीति नियमलाई सबैले पालना गर्नुपर्ने बताएका छन् ।

नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उनले भने ‘हामी नीति बाहिर जानुहुन्न,’ ‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लंघन गर्न पाइन्न ।  जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ ।’ 

रत्नपार्क क्षेत्रका भित्तामा वडाबाट अनुमति लिएर कोरोना महामारीमा अग्रमोर्चामा खटिएकाहरूको सम्मानमा चित्र कोरिएको थियाे । उक्त चित्र महानगरले मेटाएपछि आलोचित बनेका मेयर शाक्यले  भित्तेचित्र मेटायो भनेर बढी नै प्रचार भएको दुखेसो पोखे । 

‘कार्टुन बनाएर मेरो प्रचार गरियो उहाँहरूलाई धन्यवाद छ,’ उनले भने, ‘सर्वोच्चको आदेश र महानगरको नीति उलंघन गरी भित्तेचित्र बनाउन र भित्तेलेखन गर्न पाइँदैन ।’

सर्वोच्चले २०७२ सालमै सहरका घर तथा पर्खालहरूमा पर्चा, पम्पलेट र भित्तेलेखन गर्न पाइने आदेश दिएको शाक्यको भनाइ छ ।

०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउन आदेश दिएको उनले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।