आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै,यी हुन खोप केन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौंमा आजदेखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा खोप लगाइने भएको छ।

गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले आज असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। 

भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ। पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

सरकारले गत जेठ २५ देखि २९ सम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।