कोरोना संक्रमणबाट कांग्रेस नेता रामजी कुँवरको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ २१ असार । कोरोना संक्रमणबाट नेपाली कांग्रेसका नेता रामजी कुँवरको निधन भएको छ ।

ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष कुँवरको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।  

कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराइरहेका कुँवर कोभिड निको भएपनि स्वास्थ्यमा सुधार भएको थिएन ।

कुँवरले नेपाली काँग्रेस कास्कीमा असल नेताको पहिचान बनाएका थिए । गत स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट पोखरा महानगरपालिकामा मेयरका प्रत्यासी बनेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।