युरोकप फुटबलमा सट्टेबाजी खेल खेलाउने ८ जना अपराध महाशाखाको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । १६ औँ संस्करणको युरोकप फुटबल २०२० लगायतका खेलहरुमा सट्टेबाजी गर्ने ८ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले नगदसहित पक्राउ गरेको छ।

महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौँ सुकेधारा बस्ने ५७ बर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, ढोकाटोल बस्ने ४७ बर्षीय जिवन लामा, कुलेश्वर बस्ने ४६ बर्षीय सुरज टिवडेवाल र गोबिन्द प्रसाद आचार्य र भारतीय नागरिकहरु काठमाडौँकै इन्द्रचोक बस्ने ४९ बर्षीय राजेश कुमार अग्रवाल, क्षेत्रपाटी बस्ने ३३ बर्षीय सुचित डालमिया अग्रवाल र मरुटोल बस्ने बर्ष ४६ को अमरनाथ गुप्ता रहेका छन्।

हाल युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप-२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई आफूले लाभ लिने उदेश्य राखी ठूलो रकमको बाजी राख्न लगाउनेलाई महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट ३४ लाख ६५ हजार ५  सय ५ रुपैयाँ बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले एक्ट प्रो नेपाललाई बताए । 

उनीहरुलाई काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाटलगायतका बिभिन्न स्थान बाट अनलाइन ब्याटिङ गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाडौँ पठाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।