चितवन । चितवनबाट ९ दिनदेखि बेपत्ता सुजिता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको छ ।
चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार भेटिएको शवलाई भण्डारीकै परिवारले पहिचान गरेका हुन। उक्त शव जंगलमा च्याउन टिप्न गएका स्थानियहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
असार ११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन ।
उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले प्रहरीलाई जानकारी दिएका थिए।
घटनाको अनुसन्धानका लागि सिआईबीको टोली पनि खटिएको छ।
प्रहरीले घटनास्थल शिल गरेको छ भने आज तालिम प्राप्त कुकुर र फरेन्सिक डाक्टर ल्याएर थप अनुसन्धान अघि बढाउने जनाएको छ । सुजिताको केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिएको र प्रहरीको अनुसन्धान पनि त्यतैतिर सोझिएको छ।
सुजिताको अन्यत्रै हत्या गरी शव पानीले बगाएर ल्याएर लामो समयदेखि अड्काएको जस्तो देखिएको आशंका गरिएको छ।
Comment