उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थप, सार्वजनिक सवारीमा जोर-बिजोर हट्यो (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । 

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले असार २२ गते देखि बाट लागू हुने गरी असार ३१ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

थपिएको निषेधाज्ञाको अवधिमा साना सवारी साधन पनि चल्ने भएका छन्। टेम्पो, नीलो माइक्रो नौ जना राखेर चलाउन पाइने, बीच भागमा प्लास्टिक हाल्नपर्नेछ । माइक्रोको तेस्रो सिटमा चार(चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन। २५ जनासम्मको गोष्ठी, तालिम, सेमिनार समेत गर्न पाइनेछ ।

विद्यालय, मठमन्दिर, पार्टी प्यालेस, सिनेमा हल, जिमखाना लगायतका क्षेत्र भने पहिलेकै नियम कायम राखिने निर्णय भएको छ ।

त्यस्तै, अब काठमाडौं उपत्यकामा भौतिक रुपमा परीक्षा सञ्चालन गर्न पाइने भएको छ। त्यसका लागि एउटा कोठा वा हलामा २५ जनाभन्दा बढी परीक्षार्थी राख्न नपाइने भएको छ। 

पछिल्लो साता थप गरिएको निषेधाज्ञा भोलि सोमबार २१ गते राति १२ बजे सकिँदैछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।