काठमाडौँ । गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य विपदबाट क्षति भएका घरको सरकारले पुनर्निर्माण गरिदिने बताएका छन् ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री पौडेलले विपद प्रभावित निजी अवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम यो वर्ष मनसुनजन्य घटनाबाट क्षति भएका घरको पुननिर्माण सरकारले गरिदने बताएका हुन् ।
उनले मनसुन सुरु भएयता ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको जानकारी दिए । यस्तै ३६ सरकारी कार्यालय, ९ विद्यालय तथा सामुदायिक भवन, १५ वटा पक्की मोटरेवल पुल, २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको बताए ।
मेलम्ची खानेपानी आयोजनामा जाने सडकमा क्षति पुगेकाले २ वटा बेलिब्रीज राख्ने तयारी गरिएको उनले जानकारी दिए ।
Comment