मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ४ दिनमै पर्यो मागभन्दा ५९ गुणा बढी आवेदन,कतिले भरे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्राथमिक साधरण शेयर (आइपीओ) खुलेको ४ दिनमै मनकामना स्मार्ट लघुवित्तको आइपीओमा मागभन्दा ५९  गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार बिहान ११ बजेसम्ममा १६ लाख १२ हजार ९ सय १ जना आवेदकबाट २ करोड १२ लाख ७० हजार ३० कित्ताको लागि आवेदन परेको हो ।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५९ गुणा बढी हो । लघुवित्तले विहिबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ जारी गरेको हो ।

निष्काशन हुने कुल सेयरमध्ये ६ हजार ५८ लघुवित्तका कर्मचारी, १९ हजार ४५० कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा असार २१ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिमा सबै विक्री नभएमा ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन पाइनेछ । लघुवित्तको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनएमबी क्यापिटल रहेको छ । निष्काशन कित्ता अत्यन्त न्यून भएकाले १० कित्ता शेयर पनि गोलाप्रथाबाट मुस्किलले पाउने भएकाले १० कित्ताका लागि मात्र आवेदन गर्दा उत्तम हुनेछ।

आइपीओमा आवेदन दिनेको संख्या मागभन्दा धेरै रहेने हुनाले १० कित्ताको लागि पनि भाग्यमा भर पर्नुपर्ने देखिन्छ । उक्त शेयर १० कित्ताका दरले बाँडफाँट गर्ने हो । त्यसैले नै १० कित्ताको लागि नै आवेदन दिनु उपयुक्त हुनेछ ।

लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।

हाल ८ करोड २२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ । लघुवित्तले हाल देशका १२ वटा जिल्लाका ३७ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ३ करोड ३२ लाख खुद मुनाफा कमाएको छ । ८ करोड २२ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ४ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.८८ रुपैयाँ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।