काठमाडौं । विपक्षी एमाले नेता माधवकुमार नेपाललाई भेट्न संस्थापन पक्षका नेताहरु नेपाल निवास कोटेश्वर पुगेका छन् ।
अध्यक्ष केपी शर्मा ओली समूहका दोस्रो तहका नेताहरु पार्टीलाई एकताबद्ध बनाउन माधव नेपाललाई कोटेश्वर पुगेका हुन ।
नेता विष्णु पौडेल र सुवास नेम्वाङ वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित निवास पुगेका हुन्। उनीहरूका साथमा नेपाल पक्षका नेता घनश्याम भुसाल पनि सहभागी छन उनीहरूबीच छलफल चलिरहेको एक नेताले बताए।
शनिबार ओली र नेपालबीच फोन संवाद भएको थियो। दुवै नेताबीचको फोन संवादमा कुनै सहमति बन्न सकेको थिएन। ओलीले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए भने नेपालले पार्टी एकतासँग हस्ताक्षरको कुनै सम्बन्ध नभएको भन्दै फिर्ता नलिने जनाएका थिए।
यअसघि शुक्रबार पनि दुवै नेताबीच फोन संवाद भएको थियो। त्यसमा ओलीले केन्द्रीय कमिटी बैठकमा आउन आग्रह गरेका थिए भने नेपालले केन्द्रीय कमिटी बैठक रोक्न अनुरोध गरेका थिए।
त्यसयता दुवै पक्षका दोस्रो तहका नेताहरू छलफलमा जुट्दै आएका छन्। तर, कुनै सहमति बन्न सकेको छैन।
Comment