काठमाडौं । काठमाडौं उपत्यकाको टोखा नगरपालिकामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
शनिबार राति बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश ३-०२-०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको बेलकोट नगरपालिका-६ का सन्तोष अधिकारी र मोटरसाइकलमा सवार दीपेश थापाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
मोटरसाइकलमै सवार एक अर्का सागर खतिवडा घाइते भएका छन्। उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Comment