१५ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आफ्नै छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। चाँगुनारायण नगरपालिका- ८ सुडालमा डेरागरी बस्ने ३१ वर्षका पुरुष आफ्नै किशोरी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्। 

सुरुमा गएको जेठ १० गते घरमा कोही नभएको मौका पारेर बाबुले आफ्नो सम्वेदनशील अंग समाउने, छुने जस्ता क्रियाकलाप गरेको र यो क्रम पछि पनि कायम रहेको भन्दै १५ वर्षीया किशोरीले उजुरी गरेपछि ती पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यही असार १७ गते किशोरीले महानगरीय प्रहरी बृत्त जगातीमा उजुरी गरेकी थिइन्। सोही उजुरीका आधारमा बाल यौन दुरुपयोगको अभियोगमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले जानकारी दिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।