काठमाडौं । नेकपा एमालेले पार्टीको विधान महाधिवेशनका लागि तयारी गर्न शीर्ष चार नेतालाई जिम्मेवारी दिएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकले साउन २५ गतेदेखि २७ गतेसम्म हुने महाधिवेशनमा अध्यक्ष ओलीलाई राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी दिएको छ ।
त्यस्तै, महासचिव ईश्वर पोखरेलले महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेश गर्ने भएका छन् । बैठकले उपमहासचिव विष्णु पौडेललाई विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मा दिएको छ भने स्थायी कमिटी सदस्य रामवहादुर थापा बादललाई विधान महाधिवेशन व्यवस्थापन कमिटीको जिम्मा दिएको छ ।
Comment