सर्वोच्चबाट फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरू पार्टीमा रहँदैनन् : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चबाट हस्ताक्षर फिर्ता नलिने व्यक्ति एमाले नरहने बताएका छन् ।

‘शनिबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले मुद्दाको फैसला हुँदासम्म एमाले ढाल्ने अनि प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा ज–जसको हस्ताक्षर कायम रहन्छ ती पार्टी कार्यकर्ता होइनन्। pgले भने, ‘यसले त कित्ताकाट गरिसक्यो नि ! यसमा कुनै भ्रम पाल्न हुन्छ र ? शब्दका झूटका खेतीमा अल्मलिन हुन्छ र !

शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि पनि अब माधव नेपाल समूहलाई धेरै पर्खिन नसकिने बताए। 

कोहीकोहीलाई लामो विमारी लाग्ला निको हुन धेरै समय लाग्ला, निको हुन १० वर्ष लाग्यो भने के गर्ने ? पर्खिरहने ?’ ओलीले भने, ‘त्यसकारण यो १० वर्षको पर्खाइ हुन सक्दैन।’

आफूहरु धेरै लचक भएर जेठ २ मा गइसकेपछि पनि अब धेरै शर्त स्वीकार्न नसकिने ओलीको भनाइ थियो।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।