थप २३२८ जनामा कोरोना संक्रमण पुष्टी, ३०६६ जना संक्रमणमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । पछिल्लो २४ घण्टामा देशभर २३२८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५८३७ पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनाको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २३२८ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४३ हजार ५८०  पुगेको छ । पछिल्लो २४ घण्टामा ३०६६ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६ हजार ६ सय ६६  जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २७ हजार ७१६ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।