सम्झनामा असार !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाखो बारी आफ्नै सामु, पाउन मन लाग्यो।

सङ्गी संगै मेलापातमा, धाउन मन लाग्यो।।

झ्याँउकिरी बास्न थाल्दा, साँझ पर्म छुटी ।

रात पर्दा झुपडीमै, आउन मन लाग्यो ।।

सङ्गी संगै मेलापातमा……

बर्षामास असारे गीत, मधुर भाका हाल्दै।

गाँउ बस्ती गुञ्जाएर, गाउन मन लाग्यो।।

सङ्गी संगै मेलापातमा……

कुर्दै होलान पाखा बेसी, सुन्दर बन्नलाई।

तिनै सँग मितेरी पो, लाउन मन लाग्यो।।

सङ्गी संगै मेलापातमा……

हलो, कुटो, कोदालीको, झल्को आउँदा आज।

हिलो छ्याप्दै टारी खेत, साउन मन लाग्यो।।

सङ्गी संगै मेलापातमा……

असार महिना गाउँघर, सम्झी रुँदा झनै।

मिर्मिरेमा पाखाभरी, छाउन मन लाग्यो।।

सङ्गी संगै मेलापातमा……

एस.पि. अन्जान

बेलकोटगढी न.पा.-८, नुवाकोट।

हाल: बेनी न.पा.-४, तातोपानी म्याग्दी।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।