प्रधानमन्त्री ओलीले भने : पर्सिदेखि ‘भ्याक्सिन’ आउँछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने बताएका छन् । 

आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अब खोपको समस्या नहुने दाबी गरेका हुन् ।

बैठकमा ओलीले भने, ‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिनेजति भ्याक्सिन आउँछ । भारतबाट दोस्रो डोज नआउँदा समस्या भयो । केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिङ गरिरहेका छन् ।’

शुक्रबार बालुवाटारमा जारी १३औं केन्द्रीय कमिटी बैठकमा गौतम पनि सहभागी छन् । यद्यपि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपक्ष भने सहभागी छैनन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।