वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा  सहभागी हुन उपाध्यक्ष वामदेव गौतम बैठक स्थल पुगेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेदेखि बस्ने बैठकमा सहभागी हुन गौतम बैठक स्थल पुगेका हुन् । 

गौतमका सचिवालय सदस्य हरिश गौतमले उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको पत्र सार्वजनिक गर्दै बैठकमा सहभागी हुन बालुवाटार प्रस्थान गरेको जानकारी दिएका छन् ।

पार्टीलाई २ जेठ २०७५ कै अवस्थामा पुर्याउन नेताहरुलाई पनि सोही हैसियत तोकेर पार्टी कार्यालयले पत्र काटेपछि आफू बैठकमा सहभागी हुन पुगेको वामदेव गौतमको भनाइ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।