कांग्रेसको पदाधिकारी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्न लागेको छ।

आज दिउसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। हिजो तयारी नपुगेपछि स्थगित भएको बैठक आज बस्ने तय गरिएको उनले बताए। 

पदाधिकारी बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारे छलफल हुने भएको छ। क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले त्यसबारे पदाधिकारी बैठकमा जानकारी दिनेछन्। 

कांग्रेस महाधिवेश भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुन लागेको छ। त्यसअघि वडादेखि प्रदेश अधिवेशनहरू हुनेछन्। अझै केही जिल्लामा क्रियाशील सदस्यता विवाद रहेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।