एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।

पार्टीका केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङका अनुसार केन्द्रीय कमिटीको १३औं बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बस्न लागिएको हो । ‘प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ,’ तामाङले भने। 

तर, केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष नजाने भएको छ। बिहीबार बसेको नेपाल पक्षका स्थायी कमिटीको बैठकले आजको बैठकमा सहभागी नहुने निर्णय गरेको हो। 

अध्यक्ष केपी शर्मा ओलीले सहमतिबिना बैठक बोलाएकाले सहभागी नहुने निर्णय गरेको नेपाल पक्षका नेता भीम रावलले जनाएका छन्।

उनले बिहीबार साँझ नै पत्रकार सम्मेलन गरेर एकलौटी ढंगबाट बैठक बोलाइएकाले सहभागी नहुने निर्णय गरेको जानकारी दिए। 

एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको संरचनामा फर्काउन माग गर्दै आएको छ। तर, प्रधानमन्त्री ओलीले जेठ ३ गतेको संरचनामा फर्काउने बताउँदै आएका छन्। 

यसमा विषयमा दुवै पक्षबीच छलफल हुँदै आएको छ। तर, अहिलेसम्म सहमति जुट्न सकेको छैन। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।