चिनियाँ खोपको दोस्रो डोज लगाउन काठमाडौंमा ३२ स्थानमा खोप केन्द्र तोकियो,यी हुन् खोप केन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ।

दोस्रो चरणको खोप अभियान अन्तर्गत २५ जेठदेखि भेरोसेलको पहिलो डोज लगाएका व्यक्तिलाई २२ देखि २४ असारसम्म दोस्रो डोज लगाइने भएको हो। 

स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ। 

जसअनुसार काठमाडौं महानगरपालिकामा रत्नपार्कस्थित वीर अस्पताल, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल, बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा खोप केन्द्र राखिएका छन्। 

यस्तै, लाजिम्पाटस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, जोरपाटीस्थित शंकरापुर अस्पताल, ज्ञानेश्वरस्थित हिमाल अस्पताल, चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र बालाजुस्थित जनमैत्री अस्पतालमा दोस्रो डोज लगाउन सकिनेछ। 

कागेश्वरी मनोहरा नगरपालिकामा मूलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकी, तारकेश्वर नगरपालिकामा धर्मस्थली स्वास्थ्य चौकी र मनमैजु स्वास्थ्य चौकी, दक्षिणकाली नगरपालिकामा शेषनारायण स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएको छ। 

कीर्तिपुर नगरपालिकामा आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र विष्णुदेवी अस्पताल, बूढानीलकण्ठ नगरपालिकामा बूढानीलकण्ठ स्वास्थ्य चौकी र करुणा अस्पताल, गोकर्णेश्वर नगरपालिकामा नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालमा भेरोसेलको दोस्रो डोज लगाउन सकिनेछ। 

यसैगरी टोखा नगरपालिकामा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र अल नेपाल अस्पताल, नागार्जुन नगरपालिकामा रामकोट प्राथमिक स्वास्थ्य केन्द्र र इचंगुनारायण स्वास्थ्य चौकी, चन्द्रागिरि नगरपालिकामा सतुंगल स्वास्थ्य चौकी र सशस्त्र प्रहरी अस्पताल तथा शंकरापुर नगरपालिकामा लप्सीफेदी स्वास्थ्य चौकी र साँखु स्वास्थ्य चौकीमा दोस्रो डोज लगाउन सकिनेछ। 

खोप लगाउन जाँदा पहिलो डोज लगाएको खोप कार्ड लैजान स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।