वैदेशिक रोजगार विभागको श्रम कार्यालय आइतबारदेखि नियमित खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   वैदेशिक रोजगार कार्यालय ताहाचलले आजदेखि नियमितरूपमा श्रम स्वीकृति दिने भएको छ ।

कोरोना भाइरस संक्रमण केही कम भएको भन्दै आइतबार, मंगलबार र बिहीबार गरी हप्ताको तीन दिन श्रम स्वीकृति दिने निर्णय गरेकोेमा आइतबारदेखि भने सार्वजनिक बिदा वाहेक सबैदिन श्रम स्वीकृति दिन लागेको हो ।

नेपालमा कोरोना भाइरसको दोश्रो लहर रोक्न काठमाडौं उपत्यकामा निषेधाज्ञा आदेश जारी भएपछि उक्त कार्यालयले भौतिकरुपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृतिको कार्य गत वैशाख २४ गतेदेखि स्थगित गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।