काठमाडौँ । महानरीय प्रहरी अपराध महाशाखाले सवारीसाधनको किर्ते कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भक्तपुर सुर्यविनायक बस्ने मधु शिलवाल, २४ बर्षीय अरुण खड्का, लम्जुङ सुन्दर बजारका ३३ बर्षीय कमल पुरी र ४१ बर्षीय रेवती रमण निरौला रहेका छन्।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले बिभिन्न सरकारी कार्यालयका छाप, बिश्वबिद्यालयका छाप, यातायात ब्यबस्था कार्यालयका छाप लगायत जम्मा १९१ वटा स्टाम्प (छाप) लगायत बिभिन्न शैक्षिक संस्थाका प्रमाण पत्रहरु, सवारी चालक अनुमती पत्र लगायतका कागजातहरु बरामद गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए।
उनका अनुसार बरामद भएका सवारी साधनको प्रचलित बजार मुल्य प्रति कार ७० लाख का दरले करिब १ करोड ४० लाख रुपैँया रहेकोमा उनीहरुले प्रति कार ४५ लाखका दरले ९० लाखमा बिक्री गर्न लागि रहेको समेत अनुसन्धानमा खुल्न आएको छ।
पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाईएको महाशाखाले जनाएको छ।
Comment