युनियन लाइफ इन्स्योरेन्सले ६४ लाख कित्ता आईपीओ निष्कासन गर्न पायो अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले प्राथमिक साधरण शेयर आइपीओ निष्काशनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति दिएको हो ।

हाल कम्पनीको जारी पूँजी २ अर्ब १५ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब १५ करोड पुग्ने छ।

कम्पनीको आइपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीले यसअघि नै आइपीओ जारी गर्न रेटिङ समेत गराइसकेको छ ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ संचित रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।