असार १७ गतेदेखि आन्तरिक हवाइ उडान खुल्ने,कुन एयरलाइन्सलाई कति उडान?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गते बिहिबारदेखि आन्तरिक हवाइ उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण -क्यान_ लाई निर्देशन दिएको हो ।

विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ । नियमित उडानको आधा संख्यामा एयरलाइन्सले जहाज उडाउन पाउनेछ ।

विमानस्थल कार्यालयका अनुसार हाललाई बुद्ध एयरलाई दैनिक सबैभन्दा धेरै ३१ उडान गर्न दिइने भएको छ । यस्तै, यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटीओएलतर्फ उडान गर्नेलाई ३/३ उडान स्वीकृति दिइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।