काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँ र वृत्त सिंहदरवारको टोलीले श्रृङखलाबद्ध रुपमा सात वटा सहकारी चोरी गर्ने एक युवकलाई गौशलाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेल्कोटगढी नगरपालिका घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २२ बर्षीय दिपक गजुरेल रहेका छन्।
गजुरेलले विभिन्न सात वटा सहकारीमा श्रृङखलाबद्ध रुपमा करिब ४४ लाख रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गजुरेलवाट सिसा काट्ने मेसिन थान १ , मास्टर चावी थान १ , चोरी गर्न प्रयोग भएका विभिन्न कपडाहरु र विभिन्न बैकको खातामा नगद जम्मा गरेको रसिदहरु वरामद गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कहाँ-कहाँ चोरी गरे ?
Comment