मन्त्रीको जिम्मेवारी हेरफेर,पौडेललाई गृह, सञ्चारमा नेम्वाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको जिम्मेवारी थप गरेकी छन्। 

बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार,ओलीले आफूसँग रक्षा र परराष्ट्र मन्त्रालय राख्दै अन्य चार मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थस उद्योग, वाणिज्य तथा आपूर्ति ऊर्जा, जलस्रोत तथा सिंचाई गृह मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

लीलानाथ श्रेष्ठलाई काकानून, न्याय तथा संसदीय मामिला भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण महिला, बालबालिका तथा ज्येष्ठ नागरिकस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरणस युवा तथा खेलकुदस शिक्षा, विज्ञान तथा प्रविधिस श्रम, रोजगार तथा सामाजिक सुरक्षास स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका छन्।

मन्त्री बसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायातसँगै कृषि तथा पशुपन्छी विकासस खानेपानीस सञ्चार तथा सूचना प्रविधि सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।