ज्वाला संग्रौलासहित तीनजनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुटपिट गरेको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहित तीनजनालाई थप ५ दिन हिरासतमा अनुमति दिएको छ । 

महानगरीय प्रहरी परिसर टेकुले जिल्ला अदालत काठमाडौंबाट अुसन्धानका लागि ५ दिन समय मागेको हो।

हिरासतमा राखेर अनुसंधान गर्न जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप गरेको छ।

संग्रौलासँगै पक्राउ परेका हिमाल उपाध्याय र शर्मीला वाइवालाई पनि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । 

उनीहरूलाई अभद्र व्यवहार अन्तर्गत प्रहरीले कारवाही थालेको थियो । त्यसबाहेक प्रहरीलाई गरेको रंगभेदी टिप्पणीमाथि पनि अनुसन्धान गरिने प्रहरीले जनाएको छ । असई मणिकान्त झालाई रंगभेदी टिप्पणी गरेपछि उनी विवादमा तानिएकी थिइन् ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा प्रहरीले तीनजनालाई हिजो हिरासतमा लिएको थियो । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।