दोहोरो अंकले घट्यो नेप्से,परिसुचक २८४३ अंक पुग्दा ७ अर्ब ३३ करोड को कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार विहिबार नेप्से १६.९६ विन्दुले घटेर २८४३ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१९ कम्पनीको ७ अर्ब ३३ करोड ६० लाख ३ हजार ७३९ रुपैयाँ बराबरको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये २वटाको परिसूचकमा हरियाली छाएको छ । भने ११ वटाको परिसूचक घटेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी रहेको । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

आज ङादी र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।