प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले देशभर प्रदर्शन गर्ने,आज ५ विद्यार्थी संगठनको प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले देशभर प्रदर्शन गर्ने भएको छ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बुधबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकलेभौतिक दूरी कायम गर्दै देशका प्रमुख सहरहरुमा सडक प्रदर्शन गर्ने निर्णय गरेको हो।

बैठकमा देउवासहित रामचन्द्र पौडेल, बालकृष्ण खाण, पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, एमालेबाट माधव कुमार नेपाल, भीम रावल, राजमोबाट दुर्गा पौडेल सहभागी थिए।

बैठकले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा स्वास्थ्य मापदण्डको पालना गर्दै जनपरिचालनका कार्यक्रम ल्याउने निर्णय गरेको हो । यसअघि मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको हस्तक्षेप, दबाब, धम्की र संकीर्ण स्वार्थका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको बताएको थियो ।

५ विद्यार्थी संगठनको प्रदर्शन आजै

सरकारविरूद्ध ५ विद्यार्थी संगठन आन्दोलनमा उत्रने भएका छन् । सरकारले असंवैधानिक काम गरेको भन्दै उनीहरू संयुक्त रूपमा आन्दोलनमा उत्रन लागेका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।