विदेश जान निजी अस्पतालमा पनि पीसीआर परीक्षण गर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले विदेश भ्रमणमा जानका लागि निजी अस्पतालमा गरिएको पीसीआर परीक्षणलाई पनि मान्यता दिने भएको छ। 

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पीसीआर परीक्षण गर्न सरकारी अस्पताल तोकेको थियो। त्यहाँ चाप बढी हुन थालेपछि २२ वटा निजी अस्पतालको प्रयोगशालाको परीक्षण रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको हो। 

स्वास्थ्य मन्त्रालयले तोकेका निजी अस्पतालमा ग्रान्डी, कान्तिपुर, स्टार, ह्याम्स, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिसिटी, बी एन्ड बी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज र लुम्बिनी मेडिकल कलेज रहेका छन्। 

यस्तै, नेशनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौं युनिभर्सिटी मेडिकल कलेज धुलिखेल, नोबेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर र लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार, सरकारी अस्पतालका प्रयोगशालाका साथसाथै निजी अस्पतालमा गराएको पीसीआर परीक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको जानकारी दिए। सहप्रवक्ता अधिकारीले प्रक्रिया पुर्‍याएका अरू निजी अस्पताललाई पनि क्रमशः मान्यता दिने बताए। (रासस)

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।