एनएमबि बैंकले दिन्छ मुद्दतीमा ८.३० प्रतिशत ब्याज, अनलाईनबाटै खाता खोल्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। एनएमबि बैंकले बचत खातामा ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर दिने भएको छ ।

यो बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्यााज भएको उसको दाबी छ । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ ।

हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिएता पनि एनएमबीले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उद्घेश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो, बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

एनएमबि बैंकले हाल देशभरी १ सय ८१ शाखा, १ सय ३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।