मेलम्ची र हेलम्बुका बाढीपीडितलाई निगमले दियो ग्यास सिलिण्डर र चुलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले सिन्धुपाल्चोकको बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर र ग्यास चुलो सहयोग गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराई, निगमका पदाधिकारी र ट्रेड युनियनका पदाधिकारीहरूले राहत हस्तान्तरण गरेका हुन् ।

निगमले शुक्रबार राहत स्वरुप बाढी पीडितलाई एक–एक थान ग्यास सिलिन्डर र चुलो सहयोग गरेको हो । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको अनुरोधमा सहयोग गरेको निगमले जानकारी दिएको छ ।

निगमले एक–एक थान सिलिन्डर, ३० वटा चुलो र केही खाद्यान्न सामग्री सहयोग गरेको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।