डिएसपी भण्डारी जिल्लाकै सर्वोत्कृष्ट प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

सुरक्षा संवेदनशिलताका हिसाबले उच्च प्राथमिकतामा पर्ने कपिलवस्तु जिल्लामा प्रहरी कार्यालयमा कार्यभार सम्हाले देखि नै प्रहरी ऐन र प्रचलित कानुन बमोजिम कार्य गर्दै जिल्लाको शान्ती सुरक्षा तथा अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन अहम भुमिका निर्वाह गरिरहेका डिएसपी भण्डारीलाइ कपिलवस्तु जिल्लाकै  सर्वोत्कृष्ट प्रहरी पुरस्कार दिएको हो।

भण्डारीले शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणका लागि जनताको चेतनको स्तर बढाउन विभिन्न कार्यक्रम सुरु गरेका छन्। जसको सकारात्मक प्रभाव परिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको मूल्यांकन छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।