युएईले जुलाई ७ (असार २३) सम्म नेपालीलाई छिर्न नदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)ले जुलाई ७ अर्थात् असार २३ सम्म नेपाली यात्रीलाई प्रवेश नदिने भएको छ । 

नेपालमा कोरोना भाइरसको जोखिम बढेको भन्दै युएईले नेपाली यात्रीलाई रोकेको हो ।  प्रवेशमा रोक लगाएसँगै नेपाली यात्रीलाई केही समय कुर्नु पर्नेछ । असार २३ पछि यात्रीले युएई प्रवेश गर्न पाउनेछन् ।

युएईले एसियामा नेपालमा मात्र नभई बंगलादेश, पाकिस्तान र श्रीलंकालाई पनि प्रवेशमा रोक लगाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।