आजदेखि सुरु भयो नयाँ शैक्षिक सत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । सरकारले आजदेखि नयाँ शैक्षिक सत्र सुरू गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि शैक्षिक सत्र सुरू गरे पनि पढाइ भने तत्काल नहुने जनाएको छ। 

कोरोना महामारी कायम रहेकाले भौतिकरूपमा विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाइ गर्न अझै केही समय लाग्ने भएको छ।

त्यस्तै असार १५ सम्म विद्यार्थीका हातहातमा पाठ्यपुस्तक वितरण गरिसक्ने मन्त्रालयले जनाएको छ। शैक्षिक सत्रसँगै भर्ना अभियान सुरू भएको छ। पठनपाठन भने भर्चुअल माध्यमबाट हुने मन्त्रालयले बताएको छ। 

साधारणतया वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरू हुन्थ्यो। कोरोना महामारीले गर्दा असार १ देखि शैक्षिक सत्र सुरू गरिएको हो। मन्त्रालयले गत जेठ २३ मै विज्ञप्ति निकालेर असार १ देखि नयाँ शैक्षिक सत्र सुरू हुने उल्लेख गरेको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।