नेप्सेले बनायो नयाँ रेकर्ड, परिसुचक ३०२५ अंक पुग्दा १८ अर्ब ८८ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

साताको दोस्रोदिन नेप्सेले ३०२५ विन्दु चुम्दै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३०२५ विन्दु पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि जेठ ३० गते नेप्सेले सर्वाधिक २९८३ विन्दु चुमेको थियो ।

आज शेयर बजार मापक सूचक नेप्से ४२.७२ अंकले बढेर ३०२५.८३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१८ रुपैयाँ बराबरको ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।