गायक पुरुषोतम दाहालको ‘ टर्रो सुर्ति गुलियो मिठा पान’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।गायक पुरुषोतम दाहालको नयाँ लोक दोहोरी गीत ‘ टर्रो सुर्ति गुलियो मिठा पान’ सार्वजनिक भएको छ । मामा भान्जा युट्युब च्यानलबाट सोमबार ‘टर्रो सुर्ति गुलियो मिठा पान’ बोलको गीत सार्वजनिक भएको हो।

गायक पुरुषोतम दाहाल र गायिका अस्मिता चौलागाइको स्वर रहेको गीतमा शब्द  बैकुण्ठ  घिमिरे र संगम थापाको रहेको छ । गितमा शुसिल सिंह ठकुरीको लय तथा संगीत रहेको छ ।

भिडियोमा कुमार नेपाल र आर्या बस्नेतको अभिनय रहेको छ । भिडियोलाई युके कार्किले निर्देशन गरेका छन् भने सन्तो्ष पराजुलिले छायाङ्कन गरेका छन् । भिडियोलाई दीप मगरले सम्पादन गरेका छन् ।

दाहालको  आधा दर्जन बढी संयुक्त गीति संग्रह बजारमा आइसकेका छन्। लामो समय देखि कलाकारितामा लगेका दाहालको काठ क्षेत्रमा चल्ने भाकाहरुको  छुट्टै पहिचान छ।

पछिल्लो समय उनी गीत संगीतका साथ साथै अभिनयलाई समेत निरन्तरता दिइरहेका छ्न् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।