कञ्चनपुर । कञ्चनपुरमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका ४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङलाई पक्राउ गरेको हो।
गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comment