कोरोनाका कारण पूर्वसांसद अधिकारीको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ ।

विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो ।

उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए ।

विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । स्व.अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।