बाबुराम भट्टराई भन्छन् – ‘ओलीतन्त्रका कारण राजनीतिक दलसमेत समाप्त हुन लाग्यो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल(जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ओलीतन्त्रका कारण राजनीतिक दलसमेत समाप्त हुन लागेकोमा चिन्ता प्रकट गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले गरेका कारबाहीका निर्णयलाई निर्वाचन आयोगले अमान्य भनेपछि यस पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई गम्भीर चिन्ता प्रकट गरेका हुन ।

‘ओलीतन्त्रमा संविधान, लोकतन्त्र सँगसँगै राजनीतिक दलहरू पनि समाप्त हुने भए,’ ‘निरंकुश शासकको छायामुनि टाक्सिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि ‘हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’ भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेछ । प्रतिगमनको रथ त्यत्तिकै रोकिने छाँटकाँट छैन है ।’उनले सामाजिक सञ्जालमा ट्विटर मा लेखेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।