पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी प्रदेश सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको छ। कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा आइतबार बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो ।

यसैगरी प्रदेशको आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सामान्य छलफल मन्त्रिपरिषद्ले गरेको छ । सरकारको प्रवक्तामा कुमार खड्कालाई तोक्ने निर्णय बैठकले गरेको हो ।

यसअघि, मुख्यमन्त्रीमा नियुक्ति लगत्तै शनिबार कृष्णचन्द्र नेपाली पोखरेलले स्तन तथा पाठेघर क्यान्सरका बिरामीको उपचार निःशुल्क गर्ने घोषणा गरेका छन् । शपथ तथा पदभार ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री पोखरेलले सो निर्णय गरेका हुन् ।

यस्तै विपद् व्यवस्थापनका लागि विज्ञसहितको टोली बनाउने निर्णय पनि गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।