जन्मजात कोही अपराधी हुँदैन, मनाङेप्रति किन पूर्वाग्रह राख्ने ? : डा.बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल, (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राजीव गुरूंगहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने बञ्चित गर्न नहुने बताएका छन्। 

उनले आफूले यसबीच दीपक मनाङेलाई भेटेको स्वीकार गर्दै उनी मन्त्री बनेकामा पूर्वाग्रह नराख्न अनुरोध गरेका छन्।

‘रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूंगहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन वञ्चित गर्ने? किन पूर्वाग्रह राख्ने?,’ उनले फेसबुकमा लेखेका छन्।

मान्छे जन्मजात अपराधी नहुने र समाज, राज्यले मान्छेलाई अपराधी बनाउने भट्टराईको तर्क छ। ‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अत:अपराध/अपराधी एक सापेक्ष अबधारणा हो।’

बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिने समयमा संसद्मा मनाङे अनुपस्थित भएका थिए। मनाङेले मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेको साँझ भट्टराईसँग भेटेको तस्बिर सार्वजनिक भएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।