शाकाहारी खाना खानुका यस्ता छन् फाइदाहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  स्वास्थ्यका हिसाबले शाकाहारी भोजन महत्वपुर्ण रहेको विज्ञहरु बताउँछन् । 

पछिल्लो समय शाकाहारी खाना खान चिकित्सकहरुले समेत सल्लाह दिने गरेका छन् । विभिन्न अध्ययन अनुसन्धानले समेत शाकाहारी भोजन मानिसको स्वास्थ्यको लागि महत्वपुर्ण रहेको तथ्य पत्ता लागेको छ ।

सन्तुलित भोजनले हाम्रो शरीरलाई तन्दुरुस्त बनाउँछ। मानिस भोजनमा फरक–फरक परिकार खाने गर्दछन्। दाल, फल, तरकारीबाहेक पशुबाट प्राप्त हुने दूध र दूधबाट बनेका अनेकौँ सामग्री पनि शाकाहारकै श्रेणीमा गनिन्छन्। मानिसहरु कोही मांसाहारी हुन्छन् भने कोही शाकाहारी। मांसाहारीभन्दा शाकाहारी भोजनमा केही गुणहरु बढी हुन्छ, जसको कारण मांसाहारी भन्दा शाकाहारी भोजन शरीरका लागी उपयोगी र स्वस्थ्यवर्द्धक हुने स्वास्थ्यविदहरु बताउँछन्। 

यस्ता छन् शाकाहारी खाना खानुका फाइदाहरु

-शाकाहारी खानामा बोसो र चिल्लोपन नहुने हुँदा पचाउन सजिलो हुन्छ ।

-शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व हुन्छन्, जुन स्वास्थ्यका लागि लाभदायी मानिन्छ । त्यसका साथै भिटामिन, फाइबरजस्ता पदार्थ पनि पाइन्छ ।

-मृगौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी मानिन्छ ।

-शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसँग सम्बन्धित समस्या हुने सम्भावना कम हुन्छ । किनकि, यिनीहरूले कोलेस्ट्रोल बढ्न दिँदैनन् ।

– उच्च रक्तचाप हुने सम्भावना मांसाहारीको तुलनामा कम हुन्छ ।

-शुद्ध शाकाहारी भोजन लिने व्यक्तिलाई मुटुरोगको सम्भावना कम हुन्छ ।

-हरियो सागसब्जीमा भिटामिन ए प्रशस्त हुने हुँदा आँखा तेज बनाउछ, छाला स्वस्थ बनाउँछ, दाँत बलियो बनाउन मद्दत गर्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।